काँग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज आउने

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ ।नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार आज साँझसम्ममा सबै जिल्लाबाट अन्तिम नतिजा आउने छ । हिजो सम्म ६० जिल्लामध्ये ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको उहाँले बताउनुभयो । देशभरीका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा […]

एमालेको महाधिवेशन सुरु हुन २ दिन मात्र बाँकी, पदाधिकारीमा २ जनाको मात्रै उम्मेद्वारी

एमालेको १० औं महाधिवेशन सुरु हुन अब २ दिन मात्र बाँकी छ । पर्सि शुक्रबारबाट चितवनमा हुने १० औं महाधिवेशनले १५ पदाधिकारी सहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । तर, हालसम्म २ जनाले मात्रै उम्मेद्वारी घोषणा गरेका छन् । अरु आकाङ्क्षीहरू भित्रभित्रै आफ्नो पक्षमा माहोल बनाइरहे पनि एजेण्डा भने सार्वजनिक गरेका छैनन् […]

एमाले महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको ११ सदस्यीय […]

नेपाली काँग्रेसको ३ जिल्लामा आज अधिवेशन हुँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिवेसन हुन बाँकी जिल्लाहरुमा आजपनि अधिवेशन हुँदैछ । २४ गतेबाट हुने महाधिवेशनको लागि १ सय ४९ जिल्लामा अधिवेसन हुन बाँकी रहेकोमा हिजो १ सय २५ जिल्लामा महाधिवेशन भएको छ । यस्तै बाँकी रहेका जिल्लाहरूमा आज अधिवेशन हुने काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो । उहाँले सिन्धुपाल्चोक र […]

माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो […]

माओवादी केन्द्रको वडा अधिवेशन आज, रामेछापका ५८ वडामा अधिवेशन जारी

नेकपा (माओवादी केन्द्र) ले आज देशभर पार्टीको वडा अधिवेशन गर्दैछ । आज देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्न लागिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हिमाली जिल्लामा मौसमका कारण केही प्रभावित हुने सम्भावना देखिएपनि अरु जिल्लामा भने अधिवेशन हुनेछ । समितिले आउँदो ११ गते पालिका र २५ गते […]

५९ जिल्लामा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु

नेपाली काँग्रेसको ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। हिजो रसुवा, सिन्धुपाल्चोक, सर्लाही, ओखलढुङ्गाबाहेक ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । उहाँका हिजो अधिवेशन नभएको ओखलढुङ्गामा आज गर्ने तयारी छ । रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा भने महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी जिल्ला […]

काँग्रेसको प्रदेश तहको अधिवेशन आज

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज प्रदेश तहको अधिवेशन हुँदैछ । त्यसको लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । आज त्यसबाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । तर सर्लाही, सिन्धुपाल्चोक, रौतहटमा र रसुवामा भने आज अधिवेशन हुने […]

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाको २० सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आगामी फागुन २० गतेबाट राष्ट्रिय […]

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आज रामेछाप गाल्पा आउँदै

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आज रामेछाप आउनुहुने भएको छ । आज रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिनुभयो । उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रम हुने […]