काँग्रेसको सबै क्लस्टरको मतपरिणाम आज आउँने, बेलुकीसम्ममा मतगणना सक्ने तयारी

काँग्रेसको सबै क्लस्टरको मतपरिणाम आज आउँने, बेलुकीसम्ममा मतगणना सक्ने तयारी

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज सबै क्लस्टरको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो नै सबै क्लस्टरको मतगणना सकेर सार्वजनिक गर्ने तयारी गरेको भएपनि गणक कम हुँदा आज मात्रै सकिने भएको निर्वाचन समितिले जनाएको छ ।

समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार आज खसआर्यको लागि खसेको १७ सय र आदिवासी जनजातीको लागि खसेको २५ सय मत गनिसकेर सबै क्लस्टरको अन्तिम मतपरिणाम सार्वजनिक गरिने छ ।

यसैबीच नेपाली काँग्रेस प्रदेश २ मा आज मतदान हुँदैछ । अधिवेशन अन्तर्गत हिजै हुने भनिएको मतदान प्राविधिक तयारी पूरा नभएको भन्दै आजलाई सारिएको हो ।

प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रामकृष्ण यादवले उम्मेद्वारी दिनुभएको छ भने विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार