काँग्रेसको मतगणना सकिन अझैँ दुईतीन दिन लाग्ने

३५ खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा हिजो सार्वजनिक

काँग्रेसको मतगणना सकिन अझैँ दुईतीन दिन लाग्ने

३५ खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा हिजो सार्वजनिक

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गनेर सकिने अझैँ दुईतीन दिन लाग्ने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको महाधिवेशनमा गत मङ्सिर २७ गते मतदान भएको थियो ।

अझैँ पनि महिला, मधेसी महिला खुला केन्द्रीय सदस्य र प्रदेश लगायत क्षेत्रको मत गन्न बाँकी रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान ९ बजेदेखि महिला, मधेसी महिला खुला केन्द्रीय सदस्यको मत गणना सुरु गरिने छ । हिजोसम्ममा ६ सय मत गनेर सकिएको पनि सचिव श्रेष्ठको भनाइ छ ।

समितिले ३५ खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा हिजो सार्वजनिक गरेको थियो । जसमा अधिकाश नेता सभापति शेरबहादुर देउवा प्यानलबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार