नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ

६५ सदस्यीय नगर कार्यसमिति चयन

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ

६५ सदस्यीय नगर कार्यसमिति चयन

नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटीको अध्यक्षमा मोतीलाल तामाङ हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरेको हो ।

माओवादी केन्द्र रामेछाप नगर कमिटीको उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, ईन्दिरा बख्रेल र राम विष्णु बस्नेत चयन हुनुभएको छ । सचिवमा निर कुमार श्रेष्ठ, सहसचिवमा भिम बहादुर तामाङ र कोषाध्यक्षमा सरोज कटुवाल चयन हुनुभएको छ ।

अधिवेशनले ६५ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो । रामेछापका आठ पालिका मध्ये ६ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भैसकेको छ ।

मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा नेतृत्व चयन भैसकेको छ भने खाँडादेवी गाउँपालिकामा मंसिर १३ गते सोमबार र लिखुतामाकोसी गाउँपालिकामा १८ गते अधीवेशन गर्ने माओवादी केन्द्रको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार