काँग्रेसको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने

काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी

काँग्रेसको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने

काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी

नेपाली काँग्रेसले महाधिवेशनकार्यतालिका अनुसार प्रदेशमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्र्रदेशमा हिजो उद्घाटन सत्र सुरु भए पनि निर्वाचन प्रक्रिया आजबाट सुरु हुने छ ।

प्रदेश अधिवेशन प्रभावित नहोस् भन्नका लागि बिभन्न १६ जिल्लाको अधिवेशन स्थगित गरिएको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो ।

काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी छ । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसमा अहिलेसम्म ६१ जिल्लामा पार्टीको नयाँ जिल्ला सभापति चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार