केन्द्रीय सम्मेलनको लागि प्रतिनिधि छनोट गर्दै माओवादी केन्द्र

माओवादीको ३४ वटा विभाग छन्

केन्द्रीय सम्मेलनको लागि प्रतिनिधि छनोट गर्दै माओवादी केन्द्र

माओवादीको ३४ वटा विभाग छन्

नेकपा माओवादी केन्द्रले केन्द्रीय सम्मेलनको तयारीलाई तिब्रता दिएको छ । आउँदो ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनको लागि प्रदेश २ बाहेकका प्रदेशमा कमिटी गठन गरिसकेको माओवादी केन्द्रले जनाएको छ ।

त्यसको लागि गत शनिबार भौगोलिक,उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश कमिटी गरी ९ वटा प्रदेशको सम्मेलन सुरु गरेको थियो । तर प्रतिनिधि चयनमा कुरा नमिल्दा प्रदेश २ मा बन्दसत्र नै सुरु हुन सकेको छैन ।

त्यहाँ भोलिमात्रै बन्दसत्र सुरु गर्ने तयारी भएको माओवादीकेन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो । उहाँका अनुसार पार्टीले आन्तरिक रूपमा विभागीय प्रतिनिधि छनोटको कामलाई पनि तिव्रता दिएको छ ।

माओवादीको ३४ वटा विभाग छन् । ती विभागबाट कम्तिमा तीन जना प्रतिनिधि सम्मेलनको लागि छनोट हुने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार