मलाई रामेछापका जनताको मायाले गाउँमै राख्यो- कान्छाराम

मलाई रामेछापका जनताको मायाले गाउँमै राख्यो- कान्छाराम

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले आफूलाई रामेछापका आम नागरिकको मायाले गाउँमै राखेको बताएका छन् । आइतबार रामेछापको ओख्रेनीमा मतदाता भेटघाट तथा वडा स्तरीय सभामा आफ्नो भनाई राख्ने क्रममा विकासबाट बंचितमा परेका रामेछाप‌वासीको‌ मायाले जिल्लामै राखेको बताएका हुन् । आफुलाई विकासबाट बंचितमा परेका नागरिकको मायाले गाउँमै राखेको तर्क राख्दै मंसिर ४ पछि आफ्नो सम्पूर्ण समय रामेछापको समृद्धि र मानब बिकासको लागि खर्च गर्ने प्रतिबद्धता जनाए ।

उनले रामेछापको समग्र समस्यामा आफू जानकार रहेको बताउँदै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरुले संयुक्त स्थानीय घोषणा पत्रमा रामेछापमा रहेका समस्या समधान गर्ने योजना राखिएको बताउँदै आफूहरु निर्वाचित भएपछि पुर्ण रुपमा कार्यान्वयन गरिने धारणा राखे । वडा स्तरीय सभामा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायाण श्रेष्ठ सहितको टोली रामेछाप नगरको विभिन्न वडामा कार्यक्रममा केन्द्रित छन् । आइतबार नै रामेछापको सुकाजोरमा पनि कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार