रामेछापमा उम्मेदवारहरू मतदाता रिझाउनमै व्यस्त

रामेछापमा उम्मेदवारहरू मतदाता रिझाउनमै व्यस्त

निर्वाचनलाई लक्षित गर्दै मत माग्न जनताको घरदैलोमा पुगेका उम्मेदवारलाई रामेछापका मतदाताले सडक,खानेपानी,शिक्षा,रोजगार जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन । रामेछापको सुनापति गाउँपालिकाका ३ का बद्रि बहादुर कार्कीले आफनो गाउँमा व्यवस्थित सडक र गाउँमै राम्रो अस्पतालको व्यवस्था गरिदिन मत माग्न जनताको घरदैलोमा पुगेका उम्मेदवारलाई आग्रह गर्नुभयो ।

भौगोलिक विकटताका कारण विभिन्न आधारभुत आवश्यकता नै पूरा नभएपछि उमाकुण्ड गाउँपालिका बाम्तीभण्डारका रुद्र बहादुर कार्कीले पनि यस पटकको निर्वाचनमा विजयी हुने उम्मेदवारलाई गाउँको महार फेर्ने गरी विकास गर्न माग गर्नुभयो ।

जिल्लामा उम्मेदवारहरू हिजोआज घोषणापत्र बोकेर ठूला विकासे आयोजनाको आश्वासन बाँडरिहेका छन् । तर मतदाताहरू भने बाचाअनुसारका काम हुन नसकेकोमा दुःखी छन् । रामेछापको ८ वटै पालिकामा खानेपानीको मुख्य समस्या छ । विद्यालय शिक्षाको अवस्था दयनिय छ । हरेक वडाहरु र गाउँबस्तीमा अझैपनि खोजिमपूर्ण यात्रा गर्नुपर्छ ।

यहाँका नागरिकले रोजगारी पाएका छैनन् । मङ्सिर चार गतेको निर्वाचनका लागि प्रतिनिधि सभातर्फ गठबन्धनबाट कान्छाराम तामाङ र नेकपा एमालेबाट कैलाश ढुंगेल बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यो चुनावमा जसले जितेपनि विकास र परिर्वनको महसुस हुने गरी काम गर्न उम्मेदवारहरूलाई रामेछापका मतदाताले अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार