निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी,उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त

निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी,उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ । निर्वाचनको ३ दिन पहिले नै मौन अवधि सुरु हुने भएकाले दल र दलका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । देशभर चुनावी माहोल बनेकाले उम्मेदवारहरूलाई चुनावी कार्यक्रम गर्न भ्याइनभ्याई छ ।

पार्टीका शीर्ष नेतादेखि नेता कार्यकर्ता सबै यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । मतदाताको घरघरमा जाने र मत माग्ने कामले निकै नै तीव्रता पाएको छ । गाउँघरमा पनि चुनावी चहलपहल बढेको छ । निर्वाचनलाई लक्षित गर्दै मत माग्न जनताको घरदैलोमा पुगेका उम्मेदवारलाई रामेछापका मतदाताले सडक र खानेपानी मागेका छन् ।

भौगोलिक विकटताका कारण विभिन्न आधारभुत आवश्यकता नै पूरा नभएपछि यस पटकको निर्वाचनमा विजयी हुने उम्मेदवारलाई उनीहरूले विकास मागेका हुन् । उम्मेदवारहरू हिजोआज घोषणापत्र बोकेर ठूला विकासे आयोजनाको आश्वासन बाँडरिहेका छन् । तर मतदाताहरू भने बाचाअनुसारका काम हुन नसकेकोमा दुःखी छन् । यस पटकको निर्वाचनमा रामेछापमा प्रतिनिधी सभा सदस्यमा एमालेका उम्मेदवार कैलाश ढुंगेल र सत्ता गठबन्धनका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छाराम बिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार