यसअघिका बाचा पूरा नहुँदा चुनावलाई लिएर रामेछापका मतादातामा उत्साह छैन

यसअघिका बाचा पूरा नहुँदा चुनावलाई लिएर रामेछापका मतादातामा उत्साह छैन

मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा चुनावलाई लिएर रामेछापका मतदाता उत्साहित देखिएका छैनन् । अहिले विभिन्न टोल बस्तीमा होस् वा चोक चौतारीमा नागरिकको छलफल र चर्चाको विषय चुनाव बनेको छ । यतिबेला उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुग्न थालिसकेका छन् । तर उनीहरुसँग ठोस् योजना छैन ।

अर्को तर्फ मतदाता पनि चुनावलाई लिएर खासै उत्साही देखिएका छैनन् ।हरेक निर्वाचनमा भोट माग्न आएका उम्मेदवारले आश्वासन दिएपनि चुनाव जितेपछि कुनै पनि जनप्रतिनिधिले आफ्नो माग पुरा नगरेको रामेछापका स्थानियहरुले बताएका छन । देशमा लोकतन्त्र, प्रजातन्त्रका लागि धेरै आन्दोलन भए । सबै आन्दोलनमा जनताले बलिदान नै दिए ।

अहिले नेताहरुले निर्वाचनलाई व्यक्ति मोटाउने अवसरका रुपमा मात्र लिएको मतदाताको गुनासो छ । निर्वाचनको बेला अत्यधिक खर्च गर्ने प्रवृति बढ्दै गएको छ । यसका कारण निर्वाचित भइसकेपछि घोषणा पत्र कार्यान्वयन भन्दा निर्वाचन खर्च उठाउनेतर्फ ध्यान केन्द्रित गर्ने प्रवृति पनि बढ्दै गएको छ ।

यस्तो प्रवृतिका कारण पछिल्लो समय मतदाताहरुले नो भोटको अधिकार हुनुपर्ने माग गरिरहेका छन् । तर अहिलेको समयमा निर्वाचनमा मताधिकार प्रयोग गरि खराब मध्यबाट कम खराब व्यक्ति छान्नुको अर्को विकल्प नभएको राजनीतिक जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार