दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई कसरी भोट हाल्ने ?’ – कमनसिं मोक्तान

नेकपा माओवादी केन्द्रका नेता एवं दोरम्बाशैलुङ्ग गाउँपालिकाका निवर्तमान अध्यक्ष कमन सिं मोक्तानले दोरम्बामा सार्वजनिक जग्गा मिचेर घर बनाउने उम्मेद्वारलाई कसरी भोट हाल्ने भन्दै मतदातालाई प्रश्न गरेका छन् ।‌ सोमबार लोकतान्त्रिक बाम गठबन्धन दलका उम्मेद्वारले दोरम्बाशैलुङ्गको वडा न ७ लखनपुरमा आयोजना गरेको चुनावी सभामा भनाइ राख्ने क्रममा एमालेबाट रामेछाप प्रदेश सभा (ख) को उम्मेद्वार रहेका मिलन कुमार घिसिङले सार्वजनिक जग्गा मिचेर घर बनाएको आरोप लगाउँदै त्यस्ता उम्मेद्वारलाई कसरी भोट हाल्न सकिन्छ भन्दै प्रश्न गरेका हुन् । उम्मेद्वार घिसिङले अहिले सार्वजनिक बाटो समेत मिचेको आरोप लगाए ।

एउटा एनजिओ चलाएर समाजसेव गर्ने नाउँमा भ्रष्टचार गर्नेलाई भोट हालेर गाउँको विकास नहुने धारणा राखे । माओवादी नेता मोक्तानले एमालेबाट प्रदेश सभा (ख) को उम्मेद्वार रहेका मिलन कुमार घिसिङले समाजमा जातिय हिंसा‌ भड्काउने गरी जातिय नारा लगाएर भोट माग्दै हिडेको आरोप लगाए । भोट माग्न हिडेका घिसिङले गाउँगाउँमा जनजाति मिलेर अन्य जातका उम्मेद्वारलाई हराउनु पर्छ भन्दै मिलेर बसेको समाजमा जातिय हिंसा फैलाउन खोजेको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार