नागरीक भछन : रामेछापका नेता आश्वासन बाड्छन्, विकास गर्दैनन्

नागरीक भछन : रामेछापका नेता आश्वासन बाड्छन्, विकास गर्दैनन्

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा रामेछाप जिल्लामा मतदाता त्यती उत्साहित देखिएका छैनन् । राजनीतिक दलहरूले यतिबेला सर्वसाधारण नागरिकलाई विभिन्न आश्वासन बाडेर योजना दिने नाउँमा भोट माग्दै हिडिरहेका छन् । सधैं झैँ यो पालिको चुनावमा पनि मतदाताको घरदैलोमा तिनै पूराना नेताको अनुहार देखिन्छ ।

गाउँमा विकास निर्माणका योजना दिने, रोजगारी दिने भन्दै पहिले जस्तै यो चुनावमा पनि विभिन्न आश्वासन दिदै नेताहरू घरदैलोमा पुगिरहेका छन् । यतीबेला रामेछापका दुर्गम गाउँमा यहाँका राजनीतिक दलका नेता कार्यकर्ता उहीँ पुरानै एजेण्डा र झुट्टा आश्वासन लिएर आउने गरेका छन् ।

चुनाव जितेपछि कहिले मुख नदेखाउने नेताहरु अहिले भने नानाथरीको विकास गर्छु भनेर लोभ देखाइरहेको रामेछाप धोविका लिला कुमारी महतले बताउनुभयो । गाउँमा बिभिन्न योजना निर्माण गरिदिने, जागिर लगाइदिने भनेर मत मागिरहेको भएपनि अहिले निर्वाचनका बेला जनता पनि जुन नेता आयो उतै फर्किने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार