भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको रामेछाप प्रशासनको दाबी

प्रदेश, प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि रहेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसहित अघिल्ला निर्वाचनहरूमा झडप भएका क्षेत्रका मतदाता त्रासमा छन् । रामेछाप प्रशासनले भने शान्तिपूर्ण तवरले मतदान सम्पन्न हुने भएकाले ढुक्कका साथ निर्वाचनमा सहभागि हुन आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जिल्लामा […]

मिलन एक्लै, युवराजलाई गठबन्धनको भर, चुनाव जित्ने दुबैको दाबी

४ मंसिरमा हुने निर्वाचनमा रामेछापको प्रदेश सभा– २ मा यो पटक दुबै जना नयाँ अनुहार हुन । एमालेबाट मिलन घिसिङ र सत्ता गठबन्धनबाट युवराज चौँलागाई प्रतिस्पर्धा गर्दैछन् । घिसिङ गैर सरकारी संघसंस्था चलाएर राजनितीमा आएका व्यक्ति हुन भने चाँैलागाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण […]

शान्ति प्रसाद एक्लै, तारानारायणलाई गठबन्धनको भर

४ मंसिरमा हुने निर्वाचनमा रामेछापको प्रदेश सभा– १ मा पूर्वसांसद शान्ति प्रसाद पौडेल र पूव संविधान सभा सदस्य तारानारायण श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । पौडेल २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने श्रेष्ठ २०६४ को संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएका कारण शान्ति प्रसादले […]

रामेछापमा मतदान गर्ने तरिकाबारे मतदाता अलमलमा

रामेछापमा उम्मेदवारहरू मत माग्दै घरदैलो पुगिरहे पनि मतदाताले भने मतदान गर्ने सहि तरिका थाहा पाउन सकेका छैनन् । कतिपय पहिलो पटक मत हाल्न जाँदैछन् भने दोहो¥याएर मतदान गर्न लागेकाहरू पनि कसरी भोट दिने अन्यौलमा देखिएका छन् । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन दिइनुपर्ने मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा […]

मलाई रामेछापका जनताको मायाले गाउँमै राख्यो- कान्छाराम

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले आफूलाई रामेछापका आम नागरिकको मायाले गाउँमै राखेको बताएका छन् । आइतबार रामेछापको ओख्रेनीमा मतदाता भेटघाट तथा वडा स्तरीय सभामा आफ्नो भनाई राख्ने क्रममा विकासबाट बंचितमा परेका रामेछाप‌वासीको‌ मायाले जिल्लामै राखेको बताएका हुन् । आफुलाई विकासबाट बंचितमा परेका नागरिकको मायाले गाउँमै राखेको तर्क राख्दै मंसिर ४ […]

यसअघिका बाचा पूरा नहुँदा चुनावलाई लिएर रामेछापका मतादातामा उत्साह छैन

मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा चुनावलाई लिएर रामेछापका मतदाता उत्साहित देखिएका छैनन् । अहिले विभिन्न टोल बस्तीमा होस् वा चोक चौतारीमा नागरिकको छलफल र चर्चाको विषय चुनाव बनेको छ । यतिबेला उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुग्न थालिसकेका छन् । तर उनीहरुसँग ठोस् योजना छैन । अर्को तर्फ मतदाता पनि चुनावलाई लिएर […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको […]

बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले वेलुकी ८ बजे सम्म मात्र देउसी र भैलो खेल्न नागरीकहरुलाई आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो । दिपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई मध्यनजर […]

रामेछापका न्यायिक समितिलाई जिल्ला न्यायधिस ईन्दिरा शर्माको सुझाव

रामेछाप जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिलाई जिल्ला अदालत रामेछापका न्यायधिस ईन्दिरा शर्माले सुझाव दिनुभएको छ । विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रामेछापको रामेछाप नगरपालिकाले जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रमा उहाँले सो आग्रह गर्नुभएको हो । बाँकी […]

निर्वाचनका लागि रामेछापमा ११ सय म्यादी प्रहरी छनोट

रामेछापमा निर्वाचन सुरक्षार्थका लागि एक हजार एक सय म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा रामेछापमा एक हजार एक सय म्यादी प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनुभयो । जिल्लामा पुरुष ७ सय ५८ र […]