रामेछाप अस्पतालमा आई पुग्यो एन्टी रेबिज भ्याक्सिन

रामेछाप अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई […]

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन,चर्चित कलाकार,निर्माता,निर्देशक रामेछापमा

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको उद्धघाटन गरिएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी महोत्सव उद्धघाटन गरिएको हो । रामेछाप नरपालिकाका उपप्रमुख बाल कुमारी कार्की र पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दयाराम दाहालले संयुक्त रुपमा महोत्सव उद्धघाटन गर्नुभयो । महोत्सव उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

वैशाख ६,७ र ८ गते रामेछाप बजारमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा हुँदैछ । यहि वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बुलाकी,बिच्छेद,सतीदेवी र डेसान निशुल्क हेर्न पाईने छ । श्री गौरीशंकर माध्यमिक विद्यालयमा […]

गङ्गालाल र पुष्पलालको शालिक कन्तविजोक अवस्थामा

राणाशासन अन्त्यका लागि प्राण त्यागेका शहीद गङ्गालाल श्रेष्ठ तथा नेपालमा कम्युनिष्ट पार्टी स्थापना र विकासमा अमूल्य योगदान दिने पुष्पलाल श्रेष्ठको जन्मघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । रामेछाप डाँडास्थित भँगेरीमा रहेको श्रेष्ठ दाजुभाइको जन्मघर परिसरमा बनाइएको शालिक जीर्ण बनेको छ भने घर रहेको क्षेत्र नै झाडीमा परिणत भएको छ । राणा शासनकालमा काठमाडौँका सुब्बा […]

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप । रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन […]

न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल रामेछाप देशभरमै तेस्रो हुन सफल

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो । जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक पाएर पहिलो,चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अंक पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अंक पाएर तेस्रो हुन […]

मन्थली बाहेक रामेछापका अन्य स्थानिय तहमा छैन दमकल,आगलागी हुँदा करडौँको क्षती

रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगोलागीका घटनाहरु हुने गरेका छन । आगोलागीले हरेक वर्ष वनजंगल,पशुपंक्षी,धनमाल र मानविय क्षती समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले […]

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवाला निकायसँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार(आज) जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने कुराहरुको बारेमा छलफल भएको हो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य […]

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा सुकाजोरमा भान्साघर औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले रामेछाप नगरपालिका ७ सुकाजोरमा बिहिबार(आज)भान्साघर औषधालय कार्यक्रम सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नन्दन कँडेल र डा.ज्योति ढकालले सहभागीहरुलाई स्वस्थ रहने उपायहरुका साथै हाम्रा भान्सा तथा करेसाबारीमा हुने जडिबुटिहरुको औषधीय […]

रामेछाप महोत्सवको चौथो दिन प्रमोद खरेलले तताए महोत्सव

रामेछाप उद्योग वणिज्य संघको आयोजनामा यही पौष २६ गतेदेखी सुरु भएको वृहत् रामेछाप महोत्सवमा सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलले दर्शकहरुलाई नचाएका छन् । खरेलको उत्कृष्ट प्रस्तुतिले आइतबार(आज) महोत्सवमा दर्शकले भरपुर मनोरञ्जन लिएका हुन । उनको प्रस्तुतिमा युवाहरु once more भन्दै झुमेका थिए । उनले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए । एक […]