मेसुविरुद्ध रामेछाप अस्पतालका कर्मचारी आन्दोलित,सामूहिक राजीनामाको घोषणा

मेसुविरुद्ध रामेछाप अस्पतालका कर्मचारी आन्दोलित,सामूहिक राजीनामाको घोषणा

रामेछाप अस्पताल रामेछापमा केही महिना अघि मात्रै मेडिकल सुपरिटेण्डेन्ट भएर आउनुभएका डा.अच्युत पौडेलविरुद्ध अस्पतालकै कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन ।

मेसु डा.पौडेलले धेरै जसो कर्मचारीहरुलाई मानसिक तनाव दिने,कामको चाप भइरहेको समयमा अर्को अनावश्यक काम दिने,वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने,कर्मचारीको आफनो पदभन्दा फरक किसिमको काम गर्न लगाउने,काम गरिरहेको समयमा ध्यान अन्यत्रै केन्द्रित हुने खालको काम दिने गरेको कर्मचारीले बताएका छन ।

अस्पतालमा कार्यरत ४० जना कर्मचारीहरुले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई काम गर्ने वातावरण नभएको भन्दै पत्र पठाएका छन । उनिहरुले पत्रमा मेसु डा.पौडेलले पालो गरेर खाजा/खाना खान जाँदा नजाउनु भन्न गरेकोे कुरा समेत उल्लेख गरेका छन ।

पत्रमा भनिएको छ,‘सीमित आफुलाई मन परेका कर्मचारीलाई प्राथमिकता दिने गरेकाले हामी कर्मचारीहरुलाई अहिलेको अवस्थामा काम गर्ने मानसिकता नभएको हुनाले मेसु डा.पौडेललाई तत्काल कारबाहि गरी हामी निस्वार्थ भावनाले काम गर्ने कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाईदिनुहुन अनुरोध गर्दछौँ ।’

अस्पतालका कर्मचारीहरुले यदि काम गर्ने उचित वातावरण नबनेमा थप आन्दोलनमा जाने र सामूहिक राजीनामा दिने घोषणा गरेका छन । साथै अस्पतालका कर्मचारीहरुले जनस्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहले अस्पतालमा प्रत्यक्ष रुपमा हस्पक्षेप गरेको आरोप समेत लगाएका छन । साह अप्रेसन कक्षमा जाने र बेलुका वार्डमा राउन्डमा पनि सधैँजसो आउने गरेको र आफुहरुलाई काम गर्न असहज भएको पनि उनिहरुले बताएका छन ।

स्टाफ नर्स स्मृती थापा मगरले अस्पतालमा नयाँ मेसु आए लगतै आफुहरुले राम्रोसँग काम गर्ने वातावरण नपाएको बताउनुभयो । उहाँले मेसुले अस्पतालमा जिम्मेवारी सम्हालेयता आफुहरु मानसिक तनाव लिएर काम गर्दै आएको बताउनुभयो । अस्पतालमै कार्यरत अर्की स्टाफ नर्स शिखा हायुले पालो गरेर खाजा/खाना खान जाँदा समेत मेसुले नजाउनु भन्ने गरेको बताउनुभयो । खाना र खाजा पनि नखाएर हामीले कसरी काम गर्न सक्छौँ त ? उहाँले सुनाउनुभयो ।

अस्पतालका मेसु पौडेलले भने कर्मचारीले आफुलाई नचाहिदो आरोप मात्र लगाएको बताउनुभयो । आफुलाई लगाइएको आरोपको खण्डन गर्न उहाँले चुनौती समेत दिनुभयो । आफु नवौँ तहको विशेषज्ञ डा.समेत रहेको भन्दै उहाँले यो आफुलाई अस्पतालबाट हटाउने षडयन्त्र मात्रै रहेको बताउनुभयो ।

अस्पतालमा करारको कर्मचारीहरु धेरै रहेको र मेसुले असारदेखी करारको सबै कर्मचारी हटाउँदैछ भन्ने भ्रम छरेर सुनियोजित रुपमै यस्तो कामहरु भएको मेसु डा.पौडेलले बताउनुभयो । आफुभन्दा माथिल्लो तहको कार्यालय प्रमुख आउँदा निमिक्त मेसु डा.केवश श्रेष्ठले ठाउँ खाली गर्न नसकेको उहाँको आरोप छ । निमिक्त मेसु श्रेष्ठसँग काम गर्न नसक्ने उहाँले बताउनुभयो ।

रामेछाप अस्पतालका निमिक्त मेसु डा.केशव श्रेष्ठले नेपाल भरिका १५ वेडका अस्पतालहरु मध्य उत्कृष्ट भएको रामेछाप अस्पतालमा यस्तो हुनु दुखद कुरा भएको बताउनुभयो । विभिन्न सेवाहरु थप भएर विशेषज्ञ चिकित्सक सहित सेवा प्रवाह गरिरहेको अस्पतालमा यस्तो कुराहरुले सेवाग्राहीमा नकारात्मक सन्देश जाने उहाँको भनाई छ । मेसु डा.पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको उहाँले बताउनुभयो । मेसु पौडेलसँग सबै कर्मचारी रुष्ट रहेको उहाँले बताउनुभयो ।

अस्पतालका मेसु डा पौडेल र निमिक्त मेसु डा.श्रेष्ठ बिचको जुँगाको लडाईका कारण यो समस्या सृजना भएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । आफुहरु मन्त्रालयसँग छलफलमै रहेको उहाँले बताउनुभयो । एक÷दुई दिन भित्रमै समस्याको समाधान निस्कने उहाँको भनाई छ ।

यस्तो छ पत्र : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार