फेसबुकमा नजर : किन बढ्दैछ मेयर र वडाध्यक्षको दुरी ?

सामाजिक संजाल फेसबुकमा मन्थली नगरपालिका–५, सुनारपानीका वडाध्यक्ष रामबहादुर कार्कीलाई पछ्याउनुहुन्छ भने तपाईले बेलाबेला देखिरहनुभएको होला मेयरविरुद्धको सोसल वार । कार्कीको फेसबुक प्रोफाईल स्क्रोल गर्नुभयो भने तपाईले नगरपालिकाका मेयर रमेशकुमार बस्नेतमाथी विभिन्न आरोप लगाएर राखिएका थुप्रै सामग्रीहरु देख्न सक्नुहुन्छ। आफ्ना योजनाहरु नगरपालिकाबाट स्विकृत भएनन् या मेयरले कुनै सार्वजनिक कार्यक्रममा वडाका सवालमा केहि धारणा प्रकट गरेको थाहा […]

हामीले विकासको जग बसाल्यौ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरले नगरपालिकामा सन्तोषजनक रुपमा विकासका कामहरु अगाडी बढेको बताउनुभयो । नगरपालिकाको दशौँ नगर सभालाई आज सम्बोधन गर्दै नगर प्रमुख थापा मगरले भन्नुभयो–“हामी निर्वाचित भएर आएको १÷२ वर्षसम्म त हामीले अलमलमै काम गर्यौँ । त्यो समय त हाम्रो ऐन नियम र कार्यविद्यी बनाउदै गयो ।” “हामीले विकासको जग बसाल्यौँ […]

७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय

सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको नियमित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी दिनुभएको हो । जापान सरकारकाबाट प्राप्त […]

देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिए

जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका छन् । देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूमा अहिले मतदाता नामावली दर्ता गराउन चाहनेहरूको भिड छ, तर आवश्यक जनशक्तिको भने अभाव देखिएको छ । अहिले पालिका स्तर र जिल्ला निर्वाचन […]

ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण गरिएको छ । वडा नं ६ वडाकार्यालयले वडाका अपाङ्गता परिचय पत्र भएका ४५ जनालाई सिरक वितरण गरिएको वडाअध्यक्ष धन बहादुर खड्काले जानकारी दिनुभयो । जाडोमा अपाङ्गता भएका व्यक्तिलाई निकै समस्या हुने भन्दै यस वर्ष वडाकार्यालयले उहाँहरुको समस्या समाधान गर्ने […]

हेल्पिङ ह्यान्ड्स यू.एन्.बी.ओद्धारा एक सय जनालाई खाना र नाना सहयोग

विश्व सामु फैलिएको कोरोना भाइरसले नेपालमा पनि नराम्रोसँग असर पा¥यो । २०७६ साल चैत्र ११ गते बाट नेपालमा पनि लकडाउन शुरु भएको थियो । लकडाउन शुरु भएको ४ दिन पछिबाट गरीब दुःखीको सहारा बनेका समाजसेवी प्रदिप घिमिरेले २२ महिनादेखी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका व्यक्तिहरुलाई दैनिक तातो खाना खुवाइरहेका छन् । प्रदिपले गरेको […]

रामेछापमा पाँच हजार बढी नयाँ मतदाता थपिए

रामेछाप जिल्लामा पाँच हजार बढी नयाँ मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गते देखि पौष ९ गतेसम्म विभिन्न स्थानिय तहमा सन्चालन गरेको मतदाता नामावली संकलन अभियानमा ५ हजार ३ सय २० जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् । २५ सय ७४ महिला र २७४६ पुरुष गरी ५ हजार ३ सय २० […]

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । आसन्न निर्वाचनको तयारीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भेटघाट गरेको आयोगका पदाधिकारीले आउँदो वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको हो । आयोगले वैशाख १४ मा निर्वाचन गर्न सरकारसँग औपचारिक प्रस्ताब राखेको छ । यदि एकै चरणमा नभ्याईएको खण्डमा दोस्रो […]

निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई उपप्रमुख खड्काको आग्रह

रामेछापको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियोले आयोजना गरेको ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो । समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको भन्दै उपप्रमुख खड्काले कसैको दाबब,प्रभाव र धम्कीमा नपरि सत्य […]

शारीरिक रुपमा पुर्ण अपांग श्रेष्ठलाई घरमै पुगेर नागरिकता प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको खानीडाँडाका वर्ष २३ कि रिना श्रेष्ठलाई रामेछाप प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । शारीरिक रुपमा पुर्ण अपांग रहेकी श्रेष्ठलाई रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी,रामेछापका प्रहरी प्रमुख नवराज ढुंगाना सहितको टोली उहाँको घरमै पुगेर नागरिकता प्रदान गरेको हो । वडा नं ५ का वडा अध्यक्ष […]