रामेछाप नगरपालिका–८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु

रामेछाप नगरपालिका–८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु

रामेछापको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार(आज) दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।

दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा मानविय क्षती भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले जानकारी दिनुभयो । उहाँको अनुसार मानविय तथा पशु चौपायामा ठुलो क्षती भएको छ ।

४८ वटा बाख्रा पनि आगोमा जलेर मरेको वडाअध्यक्ष तामाङ्गले बताउनुभयो । वडाअध्यक्ष तामाङ्ग सहित प्रहरी चौकी रामेछाप डाँडाको प्रहरी टिम घटनास्थल पुगेको छ ।

आगोमा जलेर मृत्यु भएकी महिलाको शरिर पूर्ण रुपमा जलेको छ । घटना स्थलको अवस्था निकै भयावह रहेको वडाअध्यक्ष तामाङ्गले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार