रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ मा रुखबाट लडेर पुरुषको मृत्यु

रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ मा रुखबाट लडेर पुरुषको मृत्यु

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ७ घले गाउँमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । सोही ठाउँका अन्दाजी ५०/५५ वर्षका पदम बहादुर तामाङ्गको मृत्यु भएको हो ।

आईतबार साँझको समयमा घर नजिकैको बारीको कान्लामा रहेको काँब्राको रुखमा घाँस झार्न चढेका उनी रुखबाट खसेको थिए । रुखबाट खसेर घाइते भएका उनी उपचारको लागी स्वास्थ्य चौकी पुगे लगत्तै उनको ज्यान गएको  सोही वडाका वडा सदस्य कल्पना पाण्डेले जानकारी दिनुभयो । मृतक तामाङ्गको सोमबार नै आफन्तले अन्तिम संस्कार गरिसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार