आगलागी हुनबाट रामेछाप अस्पताल जोगियो,जोखिम भने कायमै

आगलागी हुनबाट रामेछाप अस्पताल जोगियो,जोखिम भने कायमै

रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको रामेछाप अस्पताल आगलागी हुनबाट जोगिएको छ । बुधबार(आज) साँझ एक्कासि अस्पताल नजिकै रहेको जंगलमा भीषण आगो लागेपछि अस्पताल परिसर भित्रै आगो प्रवेश गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार आगो अक्सिजन प्लान्ट नजिकै पुगेको हो । सबैको सहयोगले अस्पताल आगो लाग्नबाट जोगिएको उहाँले बताउनुभयो । अस्पताल परिसर भित्रै आगो प्रवेश गरेपछि केही समय होहल्ला मच्चिएको थियो । बेड भर्ना भएका बिरामीहरु पनि चिच्याउँदै,कराउँदै बाहिर निस्किएका थिए ।

नेपाली सेना,सशस्त्र प्रहरी,स्थानीय नागरिक,जनप्रतिनिधि,अस्पतालका कर्मचारीहरु र मन्थली नगरपालिकाको दमकलले अस्पताल परिसर भित्र प्रवेश गरेको भीषण आगो नियन्त्रणमा लिएको छ । यधपी जोखिम भने कायम रहेको छ । अस्पताल परिसर बाहिरको जंगलमा भने आगो लागि नै रहेको छ । रातिको समय भएकाले पनि जंगलको आगो भने नियन्त्रणमा लिन नसकिएको बताइएको छ । अस्पताल नजिकै सल्लाको रुखहरु भएको जंगल रहेका कारण हरेक वर्ष यहाँ आगलागीले दुख दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार