रामेछापबाट काठमाण्डौँ जाँदै गरेको माइक्रोभ्यान दुर्घटना ६ जना घाइते

रामेछापबाट काठमाण्डौँ जाँदै गरेको माइक्रोभ्यान दुर्घटना ६ जना घाइते

रामेछापको मन्थलीबाट काठमाडौ जाँदैै गरेको विद्युतीय माइक्रोभ्यान दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । शनिबार(आज) दिउँसो करिब २ बजेको समयमा वीपी राजमार्ग अन्तगर्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा दुर्घटना हुँदा एकै घरका चार सहित ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मन्थली नगरपालिका–८ का २८ वर्षीय श्रवढा कुमार माझी, उनकी श्रीमती ३५ वर्षीया सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही स्थानका १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी रहेका छन् ।

सो भ्यानमा चालकसहित ७ जना सवार थिए । घाइते घएका ६ जनालाई घटनापछि तत्कालै धुलिखेल अस्पातल पठाइएको र अहिले उपचार भईरहेको काभ्रे प्रहरीले जनाएको छ ।

घाइते केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । चालक रामेछाप नगरपालिका ५ का अन्दाजी ४८ वर्षीय मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार