जिल्ला प्रशासन कार्यालय रामेछापले उठायो २ करोड ९१ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय रामेछापले उठायो २ करोड ९१ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय रामेछापले २ करोड ९१ लाख राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि चैत्र मसान्त सम्म नौ महिनाको अवधिमा उक्त राजश्व संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका सूचना अधिकारी प्रकाश प्रधानका अनुसार राहदानी शुल्क, न्यायिक दण्ड,जरिवाना, जफत शुल्क,कम्पनी संस्था रजिष्टे«शन नवीकरण लगायतको शिर्षकमा कार्यालयले उक्त राजश्व संकलन गरेको हो । कार्यालयले सबै भन्दा बढी राहदानी वितरणबाट राजश्व संकलन गरेको छ । राहदानी वितरणबाट २ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन भएको सूचना अधिकारी प्रधानले बताउनुभयो ।

यहि अवधिमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र ७ हजार ५ सय,नागरिकता प्रतिलिपि १० हजार,वैवाहिक अङ्गिकृत नागरिकता ८,गैह्र आवासिय नेपाली नागरिकता ९ र १३ जनाले नागरीकता परित्याग गरेको सूचना अधिकारी प्रधानले बताउनुभयो । यहि अवधिमा ५ हजार ९ सय ९३ जनाले राहदानी बनाएका छन भने राष्टिय परिचय पत्रका लागी ९ हजार १४ जनाले आवेदन दिएको सूचना अधिकारी प्रधानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार