रामेछाप अस्पताल नजिकैको जंगलमा भीषण आगलागी,अस्पताल जोखिममा

रामेछाप अस्पताल नजिकैको जंगलमा भीषण आगलागी,अस्पताल जोखिममा

रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको रामेछाप अस्पताल आगलागीको जोखिममा परेको छ । बुधबार(आज) साँझ एक्कासि अस्पताल नजिकै रहेको जंगलमा आगो लागेपछि अस्पताल परिसर भित्रै आगो प्रवेश गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार आगो अक्सिजन प्लान्ट नजिकै पुगेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो धेरै ठूलो भएका कारण नियन्त्रणमा लिन सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
नेपाली सेना,प्रहरी,स्थानीय र अस्पतालका कर्मचारीहरु आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छ्न । मन्थली नगरपालिकाको दमकल आगो नियन्त्रणका लागि आउँदै गरेको अस्पताल व्यवस्थापन समितीको अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अस्पताल नजिकै सल्लाको रुखहरु भएको जंगल रहेका कारण हरेक वर्ष यहाँ आगलागीले दुख दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार