काठमाडौंमा जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय हुने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् ।निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिए पनि यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् ।हिजो काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला […]

कोरोना रोकथामका लागि मन्थली नगरपालिकाको खर्च लगभग ४६ लाख

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार […]

तीन दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई सरकारको निर्देशन

सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो । तीन दिन भित्र खटाइएको स्थानमा […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हिजो मात्रै ९ जनाको कोरोनाबाट मृत्यु थियो । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा […]

कोरोना रोकथामका लागि रामेछाप नगरपालिकाको खर्च लगभग ७० लाख

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा सबैभन्दा बढी खर्च क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार […]

अब ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने

अबदेखी नदी र खोलाबाट ढुंगा गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने भएको छ । सरकारले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन विक्रि र व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ जारी गरेपछि जो कोहिले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्न नपाउने भएका हुन् । संघीय सरकारले तयार पारेको मापदण्ड सातवटै प्रदेश सरकार र […]

तीन जना बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

लमजुङमा ३ जना बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ३ बगुमका वर्ष ४३ का नन्दमान गुरुङलाई प्रहरीले हिजो पक्राउ गरेका हो ।भदौ ६ गते ११ बर्षिया दुई बालिका र ९ बर्षिया बालिकालाई कोही नबस्ने खाली घरमा लगी ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको लमजुङका […]

सरकारले बाध्यतामा लकडाउन गरेको स्वास्थ्य मन्त्रालयको भनाइ

सरकारले नागरिकले नियमहरू पालना नगर्दा कोरोनाको संक्रमण बढ्दै गएको र लकडाउन गर्न बाध्य भएको बताएको छ । लकडाउन खुल्ने बित्तिकै भिडभाड बढेको र नियमहरू पालना हुन छोडेका कारण बाध्य भएर लकडाउन गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले लकडाउन मात्रै कोरोना नियन्त्रणको एकमात्रै विकल्प होइन भन्ने जान्दाजान्दै पनि […]

बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने

बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा विहिबार बसेको बैठकले कोरोनाको जोखिम बढदै गएकाले प्रदेश अन्तर्गतका अस्पतालहरुलाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रदेश अन्तर्गत रहेको अस्पताललाई थप व्यवस्थापनमा सहज बनाउन थप बजेट उपलब्ध गराउने निर्णय […]

वाग्मती प्रदेश सरकारद्धारा पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार

वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत सामग्रीको मार्गदर्शनमा रही सो प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिको मस्यौदामा नागरिकस्तरमा छलफल हुन थालेको छ । शिक्षा अधिकार अनुगमन समिति (एजुकेशन वाच ग्रुप) ले बिहीबार भर्चुअलरुपमा आयोजना […]