प्रहरी पोशाकको दुरुपयोग गरे कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको चेतावनी

प्रहरी पोशाकको दुरुपयोग गरे कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको चेतावनी

प्रहरी प्रधान कार्यालयले पोशाकको दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर प्रहरी पोशाकको प्रयोग गर्नुअघि प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाएर स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ । विज्ञप्तिमा स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ । यस किसिमका कुनै पनि कार्य भएरगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कठायतले चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार