देशभरका किसानको गणना गर्ने कृषि मन्त्रालयको तयारी

देशभरका किसानको गणना गर्ने कृषि मन्त्रालयको तयारी

कृषितथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीयतह मार्फत किसानहरुले उत्पादन गर्ने मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको पनि बताएको छ । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीयतहहरुलाई बजेट र सर्वेक्षण सम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयको भनाइ छ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाहहुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै किसानमा सरकारी पहुँच पुग्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार