जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । हिजो अस्पतालमा कार्यरत ७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म लागि अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने अस्पतालका डाक्टर रोशन ग्वाछाले जानकारी […]

प्रहरी पोशाकको दुरुपयोग गरे कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको चेतावनी

प्रहरी प्रधान कार्यालयले पोशाकको दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर प्रहरी पोशाकको प्रयोग गर्नुअघि प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको […]

बढ्यो कोरोना सङ्क्रमण दर, एकसय जनाको जाँच गर्दा २४ जनामा सङ्क्रमण

मुलुकमा पछिल्लो २४ घण्टामा एकसय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशतअर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये […]

रामेछाप नगरपालिकामा विहान ५ बजेदेखि १० बजेसम्म मात्रै पसल खोल्न पाईने

कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले थप कडाई गरेको छ । अबदेखि नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णय गरेको छ । रामेछापका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेका अनुसार रामेछाप बजारका केहि स्थानिय सहित नगरपालिकाको केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि […]

रामेछापमा कोरोना सक्रमित संख्या सय नाघ्यो, अझै ९५ जनाको रिपोर्ट आउनै बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । आज थप रामेछाप जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या सय नाघेको हो । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय १ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५ जनामा कोरोना […]

रामेछापका एक्कै पटक थप २० जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा एक्कै पटक थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापमा कार्यरत स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला अस्पताल रामेछापमा कार्यरत ४ जना पुरुष वर्ष २७,५०,२५ र ४२ का र ३ जना महिला वर्ष ३४,२५ र २४ का सहित एक्कै पटक यति धेरै संख्यामा कोरोना संक्रमण […]

देशभरका किसानको गणना गर्ने कृषि मन्त्रालयको तयारी

कृषितथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीयतह मार्फत किसानहरुले उत्पादन गर्ने मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको […]

नेपालमा कोरोना सङ्क्रमितको संख्या ९४ हजार नाघ्यो, ६८ हजारभन्दा बढी स्वस्थ

नेपालमा आज थप ३ हजार ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १४ हजार २ सय ९ पिसिआर परीक्षण गरिएकोमाथप ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ […]

विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगराउन विद्यालयलाई प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगराउन जिल्लाका विद्यालयहरुलाई आग्रह गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै जिल्लामा कोरोना भाईरसको संक्रमण उच्च रुपमा बढदै गएको जानकारी गराउदै जिल्ला भित्रका केही विद्यालयले विद्यार्थीको भौतिक उपस्थिती गराएर पठनपाठन गराएको जानकारी प्राप्त भएको जनाएको भन्दै भौतिक उपस्थितिमा पठनपाठन गराउँदा कोभिड १९ संक्रमणको उच्च जोखिम […]

रामेछापका ८५ जनाको रिपोर्ट आउन बाँकी, ३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १६ सय २६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ८५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला अस्पतालबाट १३ […]