रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षासुरु भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा आजेदेखि सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका अन्तर्गत रहेका ५ वटा माध्यमिक विद्यालयहरुले कोरोनाका कारण रोकिएको कक्षा ११ को वार्षिक परिक्षा आजदेखि सन्चालन गर्ने छन । नगरपालिका भित्र रहेका गौरीशंकर मावि , चण्डेश्वर मावि , हिमगंगा मावि , रेणुकादेवी मावि र जनता मावि लगायतका विद्यालयहरुमा परिक्षा सञ्चालन भएको छ । यस वर्ष नगरपालिकाका लगभग ४ सय विद्यार्थीले कक्षा ११ को परीक्षा दिने शिक्षा शाखा प्रमुख नेपालले बताउनुभयो । सबै विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गराई परीक्षा सन्चालन गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार