उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरीको अब निशुल्क हवाई उद्दार हुने

उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरीको अब निशुल्क हवाई उद्दार हुने

महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रामेछापको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको पनि निुशल्क उद्दार गर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरी महिलालाई अस्पताल पुर्याउन भौगोलिक हिसाबमा टाढा भएको कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर रामेछापका प्रमुख जिल्ला अधिकारीले निशुल्क उद्दार गर्न महिला तथा बालबालिका मन्त्रालयमा पत्राचार गर्नुभएको थियो । सरकारले रामेछापको दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्ड गाउँपालिकाभित्र उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको निशुल्क रुपमा उद्दार गर्ने भएको छ । उमाकुण्ड गाउँपालिकाको माग अनुसार प्रजिअ शर्माले गरेको सिफारिस अनुसार मन्त्रालयले अबदेखि जिल्लाको उमाकुण्ड गाउँपालिकाभित्र उपचार हुन नसक्ने गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टर मार्फत निशुल्क उद्दार गर्ने भएको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले अब गाउँपालिकाभित्र गर्भवती र सुत्केरीको उपचार हुन नसकेको अवस्थामा महिला मन्त्रालय र गृह मन्त्रालयमा सिधै सम्पर्क गरेर उद्धार गर्न सकिने भएको छ । सरकारले केही बर्षयता गर्भवती र सुत्केरी महिलाको उद्दार गर्न राष्ट्रिपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कर्णाली प्रदेशमा सञ्चिालित कार्यक्रम रामेछापको उमाकुण्ड गाउँपालिकामा पनि सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार