व्यापारिक अपराध गरे बापतपहिलो पटक कैद सजाय सुनाइयो

व्यापारिक अपराध गरे बापतपहिलो पटक कैद सजाय सुनाइयो

सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ ल्याएपछि व्यापारिक अपराध गरे बापतपहिलो पटक कैद सजाय सुनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले उपभोग्यमिति समाप्तभएकाखाद्य वस्तुमा पुनःनयाँमिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवानागर्ने ऐन आएपछिको पहिलो कैद सजाय सुनाइएको हो । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकार लगायतकादर्जनौँ म्यादगुज्रेकाउपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्रीगर्ने आयान डिस्टिब्युर्टसकाव्यवस्थापक रोनकबोहरा र कामदार शंकर बयलकोटीलाई विभागकामहानिर्देशक नेत्रप्रसाद सुवेदीको इजालासले एक वर्ष कैद र जनही ३ लाख रुपैयाँ जरिवाना सुनाएको हो । जनही ३ लाख १२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको महानिर्देशक सुुवेदीले बताउनुुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ ले यस्ता मुद्धामा सुरु कारबाहीगर्नेअधिकार विभागकामहानिर्देशकलाई नै दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार