रामेछापको धोविमा अबैध पोलीक्लिनिक संचालन

रामेछापको धोविमा अबैध पोलीक्लिनिक संचालन

रामेछाप जिल्लाको लिखु तामाकोशि गाउँपालीकाको मुख्य बजार धोवि बजारमा गैरकानूनी रुपमा पोलीक्लीनिक संचालन हुन लागेको छ । त्यसका लागि लगानिकर्ताहरुले पहिलो चरणमा वजारको मध्य भागमा घर भाडामा लिएर औषधि पसल संचालनमा ल्याउनुका साथै पोलिक्लीनका लागि आवश्यक सवै सामाग्री समेत स्टोर गरि सकेका छन् । पोलिक्लिनिक तथा औषधि पसल संचालनका लागि एक्सरे प्राविधिकको मात्र अनुभब भएका विकेश चौधरी र सुशिल खड्काले काम गरिरहेका छन् ।

जस अन्तगर्त उनिहरुले पहिलो चरणमा पालीका या स्थानिय स्तरको कुनै पनि निकाय संग समन्वय नगरि पोलि क्लिनिक र औषधि पसल विना दर्ता र विना ईजाजत संचालन गरेको स्थानियहरुको गुनासो रहेको छ । औषधि पसल तथा पोलिक्लिनिक संचालनका लागि स्थानियहरुले त्यसको कानुनी प्रकृया र जटिलाका बारेमा प्रश्न उठाएका छन् । यस अघि पनि एक जना स्थानिय स्वास्थ चौकिमा कार्यरत स्वास्थकर्मिले विना ईजाजत औसधि पसल र क्ल्निीक संचालन गरेपछि त्यस विषयले धोविमा निकै चर्चा कमाएको थियो । अबैध प्रमाणित भएपछिजिल्ला स्वास्थ कार्यालयले उक्त क्लिनिकलाई त्यहाँबाट उठाएको थियो ।

लिखु तामाकोशि गाउँपालीकाका ७ वटा वडा मध्य हाल ३ ठाउँमा मात्र औषधि पसल र क्लिनीक भएकोले सो पालिकामा स्वास्थयको बजार मौलाउने विश्वासका साथ लगानिकर्ताहरुले धोवि बजारमा काम सुरु गरीसकेका छन् । सो पालिकामा हाल ३ वटा औषधि पसल मात्र संचालनमा छन् । जसमा धोवि बजारमा साहारा स्वास्थ क्लिीनिक संचालनमा छ भने पालीकाका अन्य वडाहरुको वडा नं २ को सिरीसेमा सरिता ड्रग हाउस र वडा न ६ को खिम्ति बजारमा जाल्पा देवि क्लिीनिक मात्र संचालनमा छन् ।

यस बारेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेल संग सम्पर्क गर्दा उहाँले पनि यस विषयमा आफु अनभिज्ञ रहेको बताउनुभयो । अहिले सम्म यस बारेमा हामिलाई कतैबाट पनि सूचना नआएको र पालीकामा उक्त पोलीकिल्नीक तथा औषधि पसल सुचिकृत सम्म हुन आईनसेकेको बताउनु भयो । उहाँले भन्नुभयो यति त्यसो भएको पाईएमा आवश्यक कार्वाहि प्रकृया अघि बढाउने उहाँले गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार