प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन प्रहरीको आग्रह

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह […]

स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन उपराष्ट्रपति पुनको अपील

उपराष्ट्रपति नन्दबहादुर पुनले महान चाड बडादसैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अनुरोध गर्नुभएको छ । विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोरोना महामारीका कारण यस वर्षको दसैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेको उल्लेख गर्नुभएको छ । उपराष्ट्रपति पुनले जो […]

बडादसैँको अवसरमा नेकपा अध्यक्ष र काँग्रेस सभापतिद्वारा शुभकामा व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै दसैँलगायतका चाडपर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ । दसैँ, तिहार, छठ, नेपाल संवतलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गर्नुभएको छ । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् […]

दसैँमा फजुल खर्च नगर्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गर्नुभएको छ । औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको उहाँको विचार छ । प्रधानमन्त्री ओलीले […]

सामाजिक तथा भौतिक दूरी कायम गरी दसैँ मनाउन राष्ट्रपतिको अनुरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादसैँ २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको […]

चाडपर्व लागेसँगै रामेछापका बजारहरुमा भिडभाड, संक्रमण तीव्ररुपमा फैलिने खतरा

चाडपर्वलागेसँगै रामेछापका बजारहरुमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिने जोखिम झनै बढ्ने देखिन्छ । चाडबाडको समयमा आवतजावत बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने देखिएको छ । रामेछापमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्रगतिमा फैलिएको छ […]

रामेछापमा कोरोना संक्रमित बढ्दै, सबैभन्दा धेरै संक्रमित मन्थलीमा

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । […]

रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय ३७ पुग्यो

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय १२ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ७६ जनामा गरी ३ सय ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा […]

कोरोना सङ्क्रमित बिरामीले स्वःघोषण गरे निःशुल्क उपचार हुने

नोबेल कोरोना भाइरसको जाँच र सङ्क्रमितको उपचार स्वयं बिरामीले गर्नुपर्ने ७ दिनअघिको निर्णय सरकारले नसच्याए पनि मापदण्ड मिल्नेगरी बिरामीले स्वघोषण गरेमा निःशुल्क उपचार गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै यसको सङ्केत गर्नुभएको हो । कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि सरकार कुनै पनि बहानामा पछि नहट्ने प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले […]

रामेछापमा १३२ जनाले जिते कोरोना

रामेछाप जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या १३२ पुगेको छ । जिल्लाका थप ३३ जना कोरोना संक्रमितले एकै दिन कोरोना भाइरसलाई जितेँका छन् । कोरोना संक्रमण भएपछि विभिन्न ठाउँमा होम तथा संस्थागत आइसोलशनमा बसेका ३३ जनाले शुक्रबार एकैदिन कोरोनालाई जितेका हुन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार १५ जना महिला र १८ जना पुरुष […]