रामेछापमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको मृत्यु

रामेछापमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको मृत्यु

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ को भटौलीमा एक घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गएको छ । मन्थली–७ का रणवहादुर सार्कीको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका पाँच वर्षीय छोरा सुजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुई तले ढुङ्गा–माटाले बनेको घरमा एक्कासी विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका सुजनको ज्यान गएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार