रामेछापका १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछापका १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका १९ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १८७ जनामध्ये १७९ जनाले कोरोना भाईरसलाई जितेका छन भने ८ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ८७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ३३ जनामा गरी ४ सय २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार