रामेछाप नगरपालिकामा छठलगत्तै पठनपाठनको तयारी

रामेछाप नगरपालिकामा छठलगत्तै पठनपाठनको तयारी

रामेछापको रामेछाप नगरपालिकाले छठ लगतै पठनपाठनको तयारी गरेको छ । नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने तयारी गरेको छ । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन नगरपालिकाको शिक्षा समितिको बैठक बसि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शुरु गर्ने तयारी गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । नगरपालिका भित्र रहेका ५७ वटै सामुदायिक विद्यालयमा सामाजिक दूरी कायम गर्दै छठपछि स्वास्थ्य, सुरक्षा तथा सतर्कता अपनाएर सिकाइ सहजीकरण शुरु गर्ने तयारी गरिएको उपप्रमुख सृजना खड्काले बताउनुभयो । महामारीका कारण विद्यालयहरु गत वर्ष २०७६ को चैत्रदेखि नै वन्द रहेका छन् । संघीय सरकारले स्थानिय सरकारले विद्यालय खोल्न र बन्द गर्न पाउनेगरि निर्देशिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार