मन्थलीका अगुवा ब्यापारीलाई करदाता शिक्षा

मन्थलीका अगुवा ब्यापारीलाई करदाता शिक्षा

भर्खरै जिल्ला सदरमुकाम मन्थलीमा कार्यालय संचालन गरेर सेवा आरम्भ गरेको आन्तरिक राजस्व कार्यालय अन्र्तगतको करदाता कार्यालयले विहिबार जिल्लाका अगुवा ब्यापारीहरुका लागि करदाता शिक्षा कार्यक्रम संचालन गरेको छ । नबौ राष्ट्रिय कर दिबसको चौथो दिन पारेर कार्यालयले रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदरमुकाममा रहेका अगुवा ब्यावसायीहरुलाई करदाता शिक्षाको बारमा जानकारी गराएको हो । पछिल्लो समयमा सरकारले करको दायरा बढाए संगै कर र कर तिर्नै कुरामा ब्यापारी तथा आम नागरिकहरुमा देखिएको अन्योलतालाई हटाउँदै त्यसको सहजीकरणका लागि कार्यालयले उक्त शिक्षा प्रदान गरेको हो ।

सरकारले हरेका बर्षको मंसिर १ देखि ७ गते सम्मको दिनलाई राष्ट्रिय कर दीवसको रुपमा मनाउँदै आएको कुरालाई सरोकारवाला विच जानकारी गराउन र ब्यवासायीहरुले करको बारेमा सामान्य सूचना तथा जानकारी पाउन सकुन भन्नका लागि कार्यक्रम गरिएको करदाता कार्यालयल जनाएको छ ।
सहभागि पदाधिकारी तथा अगुवाहरुलाई करदाता कार्यालय मन्थलीका प्रमुख तुलसीराम पन्थीले कर दिवसको औचित्य,करको विषय, कर लाग्ने सामान र दायरा,कर तिर्ने अबधि तथा हदम्याद,कर तिर्नको कारण आदीका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

सो अबसरमा प्रमुख पन्थीले कानून भन्दा माथि कोहि पनि नहुने भन्दै कानूनको दायरा भित्र रहेर कर तिर्ने र तिराउने कुरामा आफु गम्भिरताका साथ लाग्नुका साथै त्यसको सहजिकरणका लागि आफुले कुनै पनि कसुर नराख्ने धारणा समेत राख्नु भएको थियो ।
संघका पुर्व अध्यक्ष श्याम थापाले संचालन गर्नु भएको कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशव घिमिरे,नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका सदस्य बद्री नयाँघरे,गैर सरकारी संस्था महासंघका अध्यक्ष भुवन श्रेष्ठ,जिल्ला बचत तथा क्रण सहकारी संघका अध्यक्ष जे एन दाहाल लगाएतले पनि कर र कर तिर्ने विषयमा अहिले पनि सर्व साधारण ब्यवसायीहरुमा अन्योलता देखिएको भन्दै त्यसलाई सरलीकृत रुपमा अघि बढाउन कार्यालय संग आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार