संघसरकारले कार्यविधी बनाएपछि मन्थली नगरपालिकामा पठनपाठनको तयारी

संघसरकारले कार्यविधी बनाएपछि मन्थली नगरपालिकामा पठनपाठनको तयारी

रामेछापको मन्थली नगरपालिकाले पठनपाठनको तयारी गरेको छ । नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरणका माध्यमबाट पठनपाठनलाई नियमित गर्ने तयारी गरेको मन्थली नगरपालिकामा प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण लामो समयदेखी अवरुद्ध पठनपाठन नगरपालिकाको शिक्षा समितिको बैठक बसि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम शुरु गर्ने तयारी गरिएको उहाँको भनाई छ । विद्यालयमा सामाजिक दूरी कायम गर्दै केहि दिनभित्रै स्वास्थ्य, सुरक्षा तथा सतर्कता अपनाएर सिकाइ सहजीकरण शुरु गर्ने तयारी रहेको नगर प्रमुख बस्नेतले बताउनुभयो । महामारीका कारण विद्यालयहरु गत वर्ष २०७६ को चैत्रदेखि नै वन्द रहेका छन् । संघीय सरकारले स्थानिय सरकारले विद्यालय खोल्न र बन्द गर्न पाउनेगरि निर्देशिका बनाएपछि मन्थली नगरपालिकाले पनि विद्यालय खोल्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार