रामेछापका थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापका थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप ३ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर ४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका १९ जनाको स्वाबमध्ये ३ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार कोरोना सङ्क्रमण हुनेमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८,२८ वर्षका दुईजना पुरुष चिकित्सक र नेपाल विद्युत प्राधिकरण मन्थलीमा कार्यरत ४५ वर्षका पुरुष कर्मचारी रहेका छन् । यो संगै रामेछापमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १९० पुगेको छ । १९० जनामध्ये १७९ जनाले कोरोनालाई जितेँर डिस्चार्ज भैईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार