रामेछापको बेथानमा बोलेरो दुर्घटना हुँदा बालिकाको ज्यान गयो

रामेछापको बेथानमा बोलेरो दुर्घटना हुँदा बालिकाको ज्यान गयो

रामेछापको सुनापती गाउँपालिकामा बिहीवार बोलेरो गाडी दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । जिल्लाको दोरम्बा गाउँपालिका गुन्सालबाट काठमाडौंबाट जाँदै गरेको बा १० च ५५९८ नम्बरको बोलेर गाडी सुनापति गाउँपालिका–४ बेलडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीभदौरे घर भएकी १२ बर्षकी सुजता श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्याल रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक पाठका अनुसार दुर्घटनामा परी घाइते भएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ गणेशपुर घर भएका १५ वर्षकी भुमिका श्रेष्ठ, वर्ष १७ की यसोदा श्रेष्ठ,वर्ष १५ की अस्मिता श्रेष्ठ,वर्ष १९ की रोजी श्रेष्ठ र १८ वर्षका ज्ञानेन्द्र श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बोलेरो गाडी सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार