नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया चयन
नेकपा ओली समुह रामेछापले जिल्ला कमिटीको पुर्नगठन गर्दै नयाँ अध्यक्ष र सचिव घोषणा गरेको छ । आज रामेछाप सदरमुकाम मन्थलीमा बसेको जिल्ला कमिटीको बैठक एवं भेलाले आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव बनाउने घोषणा गरेको छ । श्रेष्ठ यसअघि पूर्व एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो भने पार्टी एकता भएपछि हाल कार्यालय सदस्य रहनुभएको थियो । […]