रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन भएको तयारी कक्षामा नगरपालिकाका ५० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका थिए । १५ दिने निशुल्क लोकसेवा तयारी […]

प्रहरीलाई घुस दिन खोज्ने रामेछापका एक जना पक्राउ

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन । मंगलबार साँझ मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएपछि एक हजार रुपैयाँ घुस दिन खोज्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई ललितपुरको बालकुृमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट […]

प्रतिनिधिसभा पुर्नस्थापना,१३ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न आदेश

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न आदेश दिएको छ । प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनमा जाने घोषणा गरेका थिए । अदालतको यो आदेशसँगै अबको १३ दिनपछि अर्थात २४ गतेसम्ममा बैठक बसिसक्नुपर्नेछ । अदालतले लामो सुनुवाइ पछि आज पुर्नस्थापना गर्न आदेश दिएको […]

सिन्धुलीमा जंगली हातीको आतंक

जंगली हात्तीले सिन्धुली जिल्ला दुधौली नगरपालिकामा घर भत्काउनुका साथै अन्नबाली नोक्सानी गरेका छन् । ३ वटा जंगलीहात्ती गाउँमा पसेर घरहरु भत्काएको स्थानीयले गुनासो गरेका छन् । हात्तीले धान, मकै र केरा मेवा, आँपलगायतका अन्नवाली र फलहरुमा क्षति पु¥याएको छ । लामो समयदेखि जिल्लाको कमलाखोच स्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई रहेका जंगली हात्तीलाई सम्बन्धित निकायले […]

रामेछापको मुडाजोरमा हायु जातिको महान पर्व सुरु

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको बीचमा लगाउने सरकारको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ ।कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिनमन्त्रालयलाई सुझाव दिएको थियो ।यसअघि मन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रादिने बताएको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गत […]

रामेछापका २ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

रामेछापका दुई हजार एकसय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार पहिलो र दोश्रो चरणको खोप अभियान अन्तरगत जिल्लाका दुई हजार एकसय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले पहिलो चरणको खोप अभियान अन्तरगत एक हजार ९३ जना र दोश्रो चरणको खोप अभियान […]

मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जित्यो

रामेछापको मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली माविले जितेको छ । मन्थली माविले प्रतियोगितामा ३१ स्वर्ण, २१ रजत र १७ कास्य पदक सहित ६९ पदक जित्दै प्रथम हुन सफल भएको छ । प्रतियोगीतामा कर्कला देवी अग्रेजी बोर्डिङ स्कुलले ५ स्वर्ण, ८ रजत र ९ कास्य गरी २२ पदक जितेको छ भने सेतीदेवी मावि […]

रामेछापका ९०२ जनाले लगाए कोरोना विरुद्धको खोप

खोप अभियान अन्तरगत हालसम्म रामेछापका ९ सय भन्दा बढीले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखी फागुन ९ गते आइतबारसम्म जिल्ला अस्पताल रामेछाप र मन्थली प्राथमिक स्वास्थ्य केन्द्र गरि दुईवटा खोपकेन्द्रबाट ९०२ जनालाई कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार दोश्रो चरणको […]

प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन उद्धघाटन

जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय तथा ब्यारेक भवन आज एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । नव निर्मित कार्यालय तथा ब्यारेक भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्धघाटन गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका प्रहरी महानिरीक्षक क्षेत्रीले समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा समेत बढ्दै गईरहेकाले उच्च […]