सरकारले गर्भावस्थाको पहिलो त्रैमासिकपछि सबै गर्भवतिलाई कोरोना खोप लगाउने

नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ८ लाख ६ सय १७ पुगेको छ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित थपिनेभन्दा […]

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकियो

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । कात्तिक २५ गतेबाट सुरू भएको राष्ट्रिय जनगणना २०७८ को मुल तथ्याङ्क सङ्कलनको काम ३ दिन बाँकी रहदा अब ५ प्रतिशत मात्रै गणना बाँकी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले  बताउनभयो । उहाँले गाउँमा घर भएका तर अन्य स्थानमा […]

रामेछापमा ६० हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ६० हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ६० हजार ६ सय ४३ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा ६६ हजार २ सय १९ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड […]

मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने

रामेछापको मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क मिगौला परीक्षण गर्न लागेको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरिकहरुको निःशुल्क मिर्गौला परिक्षण यहि मंसिर २० गते देखि प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट […]

रामेछाप भालुखोप डाँडामा बन्यो भ्युटावर : आन्तरीक पर्यटकको भिड

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा भ्युटावर बनेको छ । रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै त्यहाँ आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरको छ । रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै आन्तरीक पर्यटकहरु भ्युटावर घुम्न आउन थालेका छन । भर्खरै निर्माण […]

माओवादी केन्द्रको वडा सम्मेलन : केहीबाहेक सबै वडामा नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्रले देशैभर वडा सम्मेलन गरेको छ । वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा मात्रै सम्मेलन हुन नसकेको र आजसम्ममा सबै वडामा नयाँ नेतृत्व चयन हुने माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ । वडा सम्मेलन उत्साहजनक रूपमा सम्पन्न भएको र पूर्ण विवरण सङ्कलन गरिरहेको माओवादीको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो […]

बुद्ध एयरले २०२३ को प्रारम्भबाटै रामेछाप मन्थली हब बनाएर उडान गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पूर्वका लागि रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने भएको छ । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो प्रयोजनका लागि ट्विनअटर जहाज खरिद गर्ने समेत कम्पनीले जनाएको छ । शुरुआतमा चार […]

माओवादी केन्द्रको वडा अधिवेशन आज, रामेछापका ५८ वडामा अधिवेशन जारी

नेकपा (माओवादी केन्द्र) ले आज देशभर पार्टीको वडा अधिवेशन गर्दैछ । आज देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्न लागिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हिमाली जिल्लामा मौसमका कारण केही प्रभावित हुने सम्भावना देखिएपनि अरु जिल्लामा भने अधिवेशन हुनेछ । समितिले आउँदो ११ गते पालिका र २५ गते […]

५९ जिल्लामा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु

नेपाली काँग्रेसको ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। हिजो रसुवा, सिन्धुपाल्चोक, सर्लाही, ओखलढुङ्गाबाहेक ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । उहाँका हिजो अधिवेशन नभएको ओखलढुङ्गामा आज गर्ने तयारी छ । रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा भने महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी जिल्ला […]

दोश्रो रामपुर वडाअध्यक्ष कप भलिबल प्रतियोगितामा कालिका भन्सारी युवा क्लब प्रथम

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा दोश्रो रामपुर वडाअध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कालिका भन्सारी युवा क्लब प्रथम भएको छ । प्रथम हुँदै कालिका भन्सारी युवा क्लब कोलन्जोरले नगद ३५ हजारको साथमा सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय भएको लालिगुँराश युवा क्लब रामपुर बजारले नगद […]