रामेछाप पकरवासमा मिनिट्रक दुर्घटना २० जना घाइते

घाइते २० जना मध्ये ६ जनालाई काठमाण्डौँ पठाइयो

रामेछाप पकरवासमा मिनिट्रक दुर्घटना २० जना घाइते

घाइते २० जना मध्ये ६ जनालाई काठमाण्डौँ पठाइयो

रामेछापको खाँँडाँदेवी गाउँपालिका वडा नं ५ पकरवासमा मिनिट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका छन ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप उपचारको लागी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र खाँडादेवी गाउँपालिकाको अधिवेशनका लागी पकरवासबाट माकादुम जाँदै गरेको ना ७ ख ६७६७ नम्बरको निशान गाडी दुर्घटना भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

घाइते २० जना मध्ये ६ जनालाई काठमाण्डौँ पठाइएको र बाँकी अरु सबैको तामाकोशी अस्पताल मन्थलीमा उपचार भैरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार