रामेछाप राकाथुममा हत्या गरेर फरार अभियुक्त १२ वर्षपछि पक्राउ

उनिहरु काभ्रेको धुलिखेलबाट शनिबार बिहान पक्राउ

रामेछाप राकाथुममा हत्या गरेर फरार अभियुक्त १२ वर्षपछि पक्राउ

उनिहरु काभ्रेको धुलिखेलबाट शनिबार बिहान पक्राउ

रामेछापको राकाथुममा २०६६ असोज ९ गते भएको हत्याकाण्डका २ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले १२ वर्षपछि पक्राउ गरेको छ ।

छिमेकी जिल्ला काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका २९ वर्षीय तीर्थमान दोङको हत्या आरोप लागेका साविक राकाथुम गाविस हाल खॉडादेवी १ बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयरामलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाका अनुसार ज्ञानबहादुरलाई शुक्रबार राकाथुमबाटै र जयरामलाई काभ्रेको धुलिखेलबाट शनिबार बिहान पक्राउ गरिएको हो ।

कामको सिलसिलामा राकाथुम आएका बेला पुरानो रिसीईबीका कारण ज्ञानबहादुर र जयरामले तीर्थमानलाई खुकुरी र तरबार प्रयोग गरी हत्या गरेको किटानी जाहेरी आफन्त पृथ्वीमान दोङले दिएका थिए । हत्याको किटानी जाहेरी प्रहरी कार्यालयमा दर्ता भएको थाहा भएलगत्तै दुवैजना फरार भएका थिए ।प्रहरीले तलास गर्ने क्रममा ज्ञानबहादुर राकाथुममै रहेको जानकारी पाएपछि पक्राउ गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार