न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलन गर्ने विद्यालय कर्मचारी र बाल विकास शिक्षकको चेतावनी

यदि पालिकाले श्रम ऐन अनुसार तोकिएको न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावानी

न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलन गर्ने विद्यालय कर्मचारी र बाल विकास शिक्षकको चेतावनी

यदि पालिकाले श्रम ऐन अनुसार तोकिएको न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावानी

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन ।

विद्यालय कर्मचारी संघर्ष समिती र बाल विकास शिक्षक संघर्ष समितीले आज आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष माग पत्र पेश गरेका छन ।

उनिहरुले माग पत्रमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई आ÷ब २०७८÷७९ को बजेट भाषणमा सम्बोधन गरे अनुसारको न्युनतम पारिश्रमिक केन्द्रले तोके बोमोजिक एक रुपता नभएको भन्दै आपत्ती जनाएका छन ।

माग पत्रमा उनिहरुले नेपाल सरकारले जारी गरेको बजेट कार्यान्वयन निर्देशीका २०७८ बमोजिमको पारिश्रमिकको व्यवस्था गराई पाउँ भन्दै नगर प्रमुख थापा मगरलाई माग पत्र बुझाएका हुन ।

उनिहरुले यदि पालिकाले श्रम ऐन अनुसार तोकिएको न्युनतम पारिश्रमिक उपलब्ध नगराएमा चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावानी दिएका छन ।

अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारीहरुले सरकारले नै श्रमिकको मासिक न्युनतम तलब १५ हजार रुपैयाँ तोकेको भएपनि सरकारकै निर्णयबाट वन्चित भएर विद्यालय कर्मचारी र बाल विकास शिक्षकहरुले अति न्युन तलबमा काम गर्नुपरेको बताएका छन ।

विद्यालय कर्मचारीहरुको माग पत्र बुझदै नगरप्रमुख थापा मगरले उहाँहरुको माग सम्बोधन गर्ने प्रयास गरेको भएपनि नगरपालिकाको आन्तरीक आय ज्यादै न्युन रहेकोे भन्दै उहाँले चाहेर पनि उहाँहरुको माग सम्बोधन गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार