जनगणनामा छुटेकाहरूले ११७८ मा फोन गरेर विवरण टिपाउन सक्ने

जनगणनामा छुटेकाहरूले ११७८ मा फोन गरेर विवरण टिपाउन सक्ने

केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणना अवधिमा छुटेकाहरूलाई टोलफ्री नम्बरमा सम्पर्क गरेर सहभागी हुने व्यवस्था मिलाएको छ ।

विभागले ९ गते भित्र आ आफ्नो स्थानमा भएका तर गणना हुन छुटेका नागरिकलाई ११७८ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको हो । विभागले नागरिकको सुचनाका आधारमा घरसम्म गणकहरू पठाएर गणना गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले ९ गते पछाडी जन्मिएका र यथास्थानमा नभएकाहरूलाई भने समावेश नगर्ने बताउनुभयो ।

सरकारले कात्तिक २५ देखि मङ्सीर ५ गतेसम्म १५ दिन गणकहरू घर–घरमा पठाएर तथ्याङ्क सङ्कलन गरेको थियो । छुटेकाहरूको लागि नाम सङ्कलन गर्न अझै केही दिन समय दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार