हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ.द्वारा चितवनको चेपाङ वस्तिमा राहत वितरण

चितवन जिल्लाको भण्डारा राप्ती नगरपालिका वडा नं ३ को सुन्दरवस्ती गैरी गाउँ खोला किनारामा १३ घर चेपाङहरु विगत केही वर्ष देखी बसोबास गर्दै आएका छन् । उनीहरुले पहिला देखी नै नाना, खाना र छानाको समस्या झेल्दै आएका छन् । चेपाङहरु शिक्षाको हिसाबले हेर्ने हो भने पनि निकै पिछडीएको समुदाय हो । अशिक्षा र बेरोजगारीका कारण […]

नेपाली कांग्रेस सुनारपानी- काठमान्डौ सम्पर्क समिति गठन

नेपाली कांग्रेस सुनारपानी-काठमान्डौ सम्पर्क समिति गठन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गोपाल कार्कीको सभापतित्वमा २५ सदस्यीय सम्पर्क समिती गठन गरिएको हो । सम्पर्क समितिको उपाध्यक्षमाद्वय उपेन्द्र कार्की र गोपाल रोका, सचिवद्वयमा महेश कार्की र पुर्ण बहादुर श्रेष्ठ,सह- सचिवमा द्वय प्रकाश पहरी / कोमल कार्की र कोषाध्यक्षमा बिनय कार्की रहनुभएको छ । जन्मथलो सुनारपानी […]

बैंकको लाखौँ रुपैयाँ चोरी गर्ने रामेछापका एक यु्वक सहित ४ जना पक्राउ

बैंककै कर्मचारीको मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार बैंकको नगद सङ्कलक काठमाण्डौको काँडाघारी बस्ने प्रदीप खत्रीसहित चार जना पक्राउ परेका छन् । खत्रीले काठमाण्डौ महानगरपालिका–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार […]

समाजसेवा जागृती महिला बचतको जम्मा कारोबार १ करोड २९ लाख बढी

समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जम्मा कारोबार १ करोड २९ लाख बढी रहेको संस्थाले १४ औँ वार्षिक साधारण सभाको अवसरमा जानकारी दिएको छ । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको सो संस्था महिलाहरुले सन्चालन गरेको रामेछाप नगरपालिकाको एक मात्र सहकारी संस्था हो । संस्थाको शेयर पुँजि ३ लाख २ हजार […]

रामेछापको मन्थलीमा मेयरकप प्रतियोगिता सुरु

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालीकामा तेस्रो मन्थली मेयरकप पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्तनेतले प्रतियोगिताको उद्धघाटन गर्नुभएको छ । जिल्ला समन्वय समितिको मैदानमा सुरु भएको प्रतियोगीता अन्र्तगत आरम्भमा भएको पहिलो खेलमा मन्थली नगरपालीका वडा नं ४ सालुले वडानं २ टेकानपुर लाई २५: १५ र १३ : […]

कक्षा ११ को ग्रेडवृद्धि तथा आङ्शिक परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ । असोज ११ गते लिएको परिक्षामा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट सहित नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा […]

रामेछाप सहित एमालेको ६१ जिल्लामा आज अधिवेशन हुँदै

नेकपा (एमाले) को ६१ जिल्लामा आज अधिवेशन हुँदैछ । केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार १६ जिल्लामा भने कतै मौसममा आएको खराबी त कतै तयारी नपुगेका कारण अधिवेशन केही दिन पर सारिएको छ । […]

७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय

सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको नियमित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी दिनुभएको हो । जापान सरकारकाबाट प्राप्त […]

सङ्घीय सरकारको खर्च गत वर्षको पहिलो चौमासीकमा भन्दा ६ प्रतिशत बढी

सङ्घीय सरकारले पहिलो चौमासिक अर्थात कार्तिक मसान्तसम्ममा २ खर्ब ८७ अर्ब ५४ करोड खर्च गरेको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको यही अवधिमा भन्दा ६ दशमलव ९ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा २ खर्ब ६९ अर्ब ७ करोड सङ्घीय सरकारले खर्च गरेको थियो । सङ्घ सरकारले गरेको कुल खर्चमध्ये चालु […]

कोरोना सङ्क्रमित हुनेको दरबढ्दै

गत साताको तुलनामा यो साता कोरोना सङ्क्रमित हुने दर बढेको छ । यो साता ४९ हजार ५ सय ९५ पिसीआर परीक्षण गर्दा १ हजार ८ सय ६९ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । यो कुल परीक्षणको ३ दशमलब ८ प्रतिशत हो । गत साताको तुलनामा यो साता ० दशमलव ९ […]