आज र भोलि मौसम प्रतिकुल रहने, पर्सिदेखि खुल्दै जाने

आज र भोलि मौसम प्रतिकुल रहने, पर्सिदेखि खुल्दै जाने

पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सिसम्म मुलुकभरको मौसम प्रतिकुल रहने भएको छ । गत बुधबार राति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बढी प्रभाव देखिने भएको छ । मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद राजु प्रधानाङ्गले  आइतवारदेखि मौसम खुल्दै जाने बताउनुभयो । हिजो साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको प्रधानाङ्गले जानकारी दिनुभयो ।  काठमाडौँ उपत्यकामा हिजो साँझदेखि आज बिहानसम्म पनि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चटयाङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार