काठमाडौँ उपत्यकाको जोरबिजोर प्रणाली हट्यो, ५० जनासम्म व्यक्ति भेला हुन पाउने

काठमाडौँ उपत्यकाको जोरबिजोर प्रणाली हट्यो, ५० जनासम्म व्यक्ति भेला हुन पाउने

काठमाडौँ उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोर–विजोर प्रणाली आजबाट हटेको छ । सीसीएमसीको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

सीसीएमसीको निर्णयका आधारमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जोरबिजोर प्रणाली खारेज गर्ने निर्णय गरेको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने सीसीएमसीको निर्णय छ ।

यसअघि सार्वजनिक स्थानमा २५ जनासम्म मात्र भेला हुन पाउने निर्णय भएकोमा त्यो सङ्ख्या बढाएर ५० जनासम्म पु¥याइएको गृहमन्त्रालयका प्रवक्ता फाणिन्द्रमणि पोखरेलले बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउन उहाँले सबै नागरिकलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार