आजदेखि मतदाता नामावली सङ्कलनको काम रोकियो

आजदेखि मतदाता नामावली सङ्कलनको काम रोकियो

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको छ । हिजो बसेको आयोगको बैठकले मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको हो। सरकारले स्थानीय तहको मिति तय गरेपछि आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम रोकिने आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले बताउनुभयो ।

उहाँले नामावली सङ्कलनको काम स्थगित गरेर अद्यावधिक गर्ने काम सुरु हुने बाउनुभयो । सह प्रवक्ता अर्यालले निर्वाचन आयोग निर्वाचनका लागि तयारी अवस्थामा रहेको हुँदा अबको ९५ दिनभित्र निर्वाचनसँग सम्बन्धित सबै काम पूरा गरिसक्ने पनि बताउनुभयो ।

उहाँले निर्वाचनसँग सम्बन्धित सबै तयारीका लागि आयोगले आजबाटै छलफल गरेर कार्यतालिका तयारीमा जुट्ने जानकारी दिनुभयो । निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था, जीन्सि लगायत भौतिक तयारीका लागि पनि आयोगले छलफल गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार