रामेछाप मन्थलीमा १५ शैयाको अस्पताल बन्ने,नगरप्रमुखद्धारा शिलान्यास

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीका १५ शैयाको अस्पताल भवन बन्ने भएको छ । मन्थली नगरपालिका क्षेत्रमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो । मन्थली नगरपालिका वडा नं १ आकाशेमा निर्माण हुन लागेको उक्त अस्पताल भवनको नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले शिलान्यास गर्नुभएको छ । २०५० सालमा स्थापना भएको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति […]

युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रामेछापका सुनुवार पक्राउ

युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले रामेछापका एकजनालाई पक्राउ गरेको छ । रामेछाप गोकुलगंगा–३ घर भएका काठमाण्डौको कोटेश्वर बस्ने ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दीका ६ जनालाई कामदार भिसामा युरोपेली देश लिथुआनिया पठाइदिने भन्दै ठगी गरेका हुन् । उनले […]

रामेछापमा जारी निषेधाज्ञा भदौ २२ गतेसम्म थप

रामेछाप जिल्लामा जारी निषेधाज्ञालाई फेरी थप गरिएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई भदौ २२ गते मध्यरातिसम्म थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा के के गर्न पाईदैन ? खुल्ला स्थानमा मानिसहरु भेला तथा जम्मा हुने, भिडभाड हुने, सभा, जुलुस, जात्रा, महोत्सव, […]

आज भारीदेखि अति भारी वर्षाको सम्भावना

आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षा हुँदा […]

अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर सहित रामेछापका चालक पक्राउ

सिन्धुलीमा अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा वालुवा लोड गरि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ पानीट्याङ्कीबाट बजार तर्फ आउदै गरेको लु ४ त ८१५२ नम्बरको ट्र्याक्टर र ट्र्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज […]

ठोर्कपामा बस दुर्घटना २ को मृत्यु ,४१ घाईते

सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।कोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी ३ छापमा दुर्घटना भएको हो । दुर्घटनामा ४१ घाईते घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा आफै अनियन्त्रित भई दुर्घटना […]

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढ्यो

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढेको छ । आज थप ४४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० […]

आज रातिदेखि पानी पर्ने क्रम बढ्नेः बाढी, पहिरो र डुबानको जोखिम

आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएको छ । मनसुनी वायुको प्रभावले आज रातिदेशभरकाधेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा […]

बागमती प्रदेशकै बेरुजु कम आउने स्थानीय तहमा रामेछाप नगरपालिका पहिलो

बागमती प्रदेशका स्थानीय तह मध्ये बेरुजु कम आउनेमा रामेछापको रामेछाप नगरपालिका पहिलो नम्बरमा परेको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार प्रकाशित गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा १ सय १९ ओटा स्थानीय तह भएको बागमती प्रदेशको रामेछाप नगरपालिका प्रदेशका सबै स्थानीय मध्ये बेरुजु कम आउनेमा पहिलो नम्बरमा परेको हो । महालेखाले रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ मा […]

रामेछापका ७ स्थानीय तहको बेरुजु सवा १८ करोड, सबैभन्दा कम रामेछाप नगरपालिकाको

रामेछापका ७ स्थानीय तहको बेरुजु १८ करोड ३७ लाख ९७ हजार देखिएको छ । महालेखापरीक्षकको कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण गर्दै रामेछापका २ नगरपालिका र ५ गाउँपालिकाको बेरुजु सार्वजनिक गरेको हो । महालेखाको ५८औँ लेखापरीक्षण प्रतिवेदन अनुसार रामेछापका ७ स्थानीय तहको कुल ९ अर्ब १७ करोड ७३ लाख ३२ हजारको लेखापरीक्षण गर्दा १८ […]